दफा ४४
शेयर वा डिबेञ्चरको दर्ता गर्न इन्कार गर्न सकिने
: (१) दफा ४२ वा ४३ मा जुनसुकै कुरा
लेखिएको भए तापनि देहायको अवस्थामा कम्पनीले शेयर धितोबन्धक राखिएको कुरा दर्ता
किताबमा जनाउन वा खरिद बिक्री भएकोमा शेयर वा डिबेञ्चरको दाखिल खारेज गरी दिन
इन्कार गर्न सक्नेछ ः-
(क) शेयर बापतको माग रकम भुक्तान नगरिएको भएमा,
(ख) दाखिल खारेज गर्दा कम्पनीको नियमावली वा शेयरधनीहरुबीच भएको
सम्झौताको विपरीत हुने भएमा,
(ग) हस्तान्तरण दस्तुर निवेदन साथ पेश हुन नआएमा ।
(२) उपदफा (१) बमोजिम शेयर वा डिबेञ्चर धितोबन्धक रहेको कुरा दर्ता किताबमा
जनाउन वा शेयर वा डिबेञ्चर दाखिल खारेज गर्न इन्कार गर्दा कम्पनीले निवेदन परेको मितिले
पन्ध्र दिनभित्र त्यसको सूचना शेयर वा डिबेञ्चर धितोबन्धक वा खरिद बिक्री गरी लिने दिने
दुवैलाई दिनु पर्नेछ ।